Rajendra Prasad Pande

राजनीतिक यात्रा

राजनीतिक यात्रा

संघर्षले स्थापित नेतृत्व

जनप्रतिनिधिको भूमिका

प्रतिनिधिसभा निर्वाचनः धादिङबाट २०४८, २०५१ र २०५६, २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित
२०७० संविधानसभा निर्वाचन: धादिङबाट संविधानसभा सदस्यमा निर्वाचित।
२०७४ मा प्रदेशसभा निर्वाचन: धादिङ–१ (क) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित।

मन्त्री/सरकारी भूमिका

२०६३ सालमा करिब १० महिना नेपाल सरकारको स्थानीय विकासमन्त्री
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा धादिङबाट विजयी हुँदै २०७२ सालमा नेपालको संविधान जारी गर्न सक्रिय भूमिका निर्वाह।
२०७४ सालको प्रदेशसभा निर्वाचनपछि २०७८ साल कात्तिक १९ देखि १४ महिना बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी वहन

पार्टी जिम्मेवारी

२०३१ सालको विद्यार्थी आन्दोलनसँगै राजनीतिमा प्रवेश नेपाल राष्ट्रिय शिक्षक संगठनको धादिङ जिल्ला अध्यक्ष नेकपा मालेको सहसचिव हुँदै २०४३ सालमा जिल्ला पञ्चायतको सभापति २०५० सालमा नेकपा (एमाले) को अञ्चल सचिव २०५५ मा नेकपा एमालेको केन्द्रीय सदस्य २०७८ सालमा नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्ष र २०८२ देखि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता ।

उपलब्धि

मुख्यमन्त्री हुँदा गरेका कामहरू

  • प्रदेश र स्थानीय तहका लागि अत्यावश्यक कर्मचारी दरबन्दी तथा पदपूर्तिका सम्बन्धमा लोकसेवा आयोगमार्फत पदपूर्तिको व्यवस्था।
  • वित्तीय सुशासन जोखिम न्यूनीकरण सम्बन्धी कार्यविधि २०७८ लागू गरिएको।
  • किसानले समयमै रासायनिक मल नपाउने अवस्थाको अन्त्य गर्न विदेशी लगानीकर्ताको खोजी समेत भै संघीय सरकारसँगको समन्वयमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया सुरू।
  • नेपाली कृषकहरुको लागि आवश्यक पर्ने कृषि यन्त्र, उपकरण एवं औजारको उत्पादन गर्नका लागि कृषि औजार कारखाना निर्माणका लागि कानून तर्जुमा तथा बजेट व्यवस्था गरी प्रक्रिया अघि बढाइएको ।
  • कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी भण्डारणका लागि शीत भण्डार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ लागू गरी शीतभण्डारको निर्माण
  • प्रदेश बीउ बिजन गुणस्तर केन्द्र स्थापन बीउ बिजन प्रयोगशाला हेटौंडालाई प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र तोकी सञ्चालनमा ल्याइएको ।
  • पशुपंक्षीको रोग अन्वेषण तथा अनुसन्धान गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पसमा बायो सेफ्टी लेभल टु प्लस प्रयोगशाला निर्माण।
  • आयातीत बीउ प्रतिस्थापन र रैथाने बीउको जगेर्ना गर्न प्रदेशका किसानहरुलाई उत्पादनका आधारमा ४४६.८५ मेट्रिकटन बीउका लागि प्रति के.जी. रु.२० का दरले उपलब्ध गराइएको ।
  • प्रदेशलाई आलु, प्याज, लसुन लगायतका बालीहरुमा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सुरुवात गरिएको ।
  • कृषि पेशाप्रति आकर्षित गर्न कृषि बाली वस्तु न्यूनत्तम समर्थन मूल्य तोक्न पाइलट कार्यक्रमको रुपमा चितवन, धादिङ र काभ्रेपलाञ्चोक जिल्लामा अघि बढाइएको ।
  • समग्र कृषि क्षेत्रको व्यवसायीकरण, विकास र रोजगारी सृजनालाई गतिशील र सुदृढ गर्न प्रदेश कृषि विकास र पोल्ट्री व्यवसायबाट मासु तथा अण्डाको उत्पादन, प्रशोधन बजारीकरणमार्फत् रोजगारी सृजना गर्नका लागि सार्वजनिक निजी सहकारी क्षेत्रबीच समन्वय र सहजीकरणका लागि प्रदेश पोल्ट्री विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमार्फत कानूनी व्यवस्था । 

पूर्वाधार विकास क्षेत्र

  • सडक क्षेत्रको निजी जग्गामा पर्ने घर, टहरा वा भवनको क्षतिपूर्ति निर्धारण कार्यविधि, २०७८ स्वीकृत गरी सडक निर्माण तथा बिस्तारमा रहेको अवरोध हटाइएको ।
  • सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन प्रदेश भित्रका १ सयभन्दा बढी प्रहरी इकाई भवन निर्माण सम्पन्न । 
  • प्रदेश चक्रपथ निर्माण गर्ने राष्ट्रिय गौरवको योजनाको बजेट व्यवस्था गरी सुरुवात गरिएको ।
  • फुसको छाना उन्मुलन कार्यक्रमको सुरूवात।

शिक्षा क्षेत्रतर्फ

  • बागमती प्रदेशभित्रका सबै स्थानीय तहमा रहेका दलित, अल्पसंख्यक र लोपोन्मुख समुदायका माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका बालबालिकाहरूमध्ये प्रत्येक स्थानीय तहबाट एकजनालाई योग्यता प्रणालीका आधारमा प्राविधिक विषयमा शिक्षा अध्ययन गर्नकालागि छात्रवृत्ति प्रदान गर्ने र सोही पालिकामा रोजगारी प्रदान गर्ने ।
  • बागमती प्रदेश भित्रका सबै स्थानीय तहमा रहेका सामुदायिक शिक्षण संस्थामा माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छोरी बुहारी छात्रवृति कार्यक्रम मार्फत सामुदियक कलेजहरुमा अध्ययन गर्ने स्नात्तकोत्तर सम्म अध्ययन गर्न छात्रवृति उपलब्ध गराएको।
  • प्रादेशिक विज्ञान तथा प्रविधि विश्वविद्यालय खोल्ने निर्णय गरी प्रक्रिया अघि बढाइएको ।

पर्यटन क्षेत्रतर्फ

  • पर्यटकीय गन्तव्य विकास र थप आकर्षक बनाउन मानव निर्मित जिरी ताल दोलखा जिल्लाको जिरीमा निर्माण गर्न प्रदेश गौरबको योजनामा समावेश गरी अघि बढाइएको ।
  • विश्व सम्पदा सूचीमा सुचीकृत चितवन राष्ट्रिय निकुञ्जको सौराहामा क्यानोपी ब्रिज निर्माण सुरु ।
  • पर्यटन प्रवर्धनका लागि वर्ष २०७९ लाई घुमफिर वर्षको रुपमा मनाउने घोषणा ।

स्वास्थ्य क्षेत्रतर्फ

  • हरेक नागरिकका लागि स्वास्थ्य सेवाको पहुँच स्थापित गर्नका लागि बागमती प्रदेश भित्रका¬१३ वटा अस्पतालहरुलाई स्तरोन्नति गरी सोही अनुसारको विशेषज्ञ सेवासहित सञ्चालन ।
  • बागमती प्रदेश सरकार अन्तर्गतका सबै प्रादेशिक अस्पतालहरुमा मृगौला डायलासिस सेवा सुरु ।
  • प्रदेश राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा मृगौला अङ्ग प्रत्यारोपण सेवा शुरु गर्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा कार्य आरम्भ ।
  • प्रदेशका विपन्न नागरिक एवम् आकस्मिक उपचारका लागि आवश्यक रगत निस्शुल्क रुपमा उपलब्ध गराउने सेवा सुरु । 
  • चितवनको बकुलहरस्थित आयूर्वेद अस्पताललाई प्रादेशिक आयूर्वेद अस्पतालको रुपमा स्तरोन्नति गरी सेवा सञ्चालन।
  • उपत्यका बाहिर आयूर्वेद औषधी उत्पादन गर्नका लागि आयूर्वेद औषधी उत्पादन केन्द्र स्थापना एवं सञ्चालन 
  • प्रदेश भित्रका १५ जना भन्दा बढि वृद्धवृद्धा रहेका वृद्धाश्रममा १ जना नर्स उपलब्ध गराउने व्यवस्था ।

युवा तथा खेलकुद क्षेत्रतर्फ

  • सात वटा प्रदेशहरुमध्ये सबैभन्दा पहिलो बागमती प्रदेश स्तरीय खेलकुद भव्य रुपमा सञ्चालन गरी खेलकुद एवं खेलाडीहरुको सम्मान ।
  • युवा स्वरोजगारका लागि ३ महिने तालिम दिनको लागि कार्यक्रम तथा बजेट व्यवस्था गरिएको ।
  • विज्ञान तथा प्रविधि, अनुसन्धानर नवप्रवर्तन नीति, २०७८ स्वीकृति गरी कार्यान्वयनमा ल्याइएको ।

सुशासनतर्फ

  • वित्तीय सुशासन जोखिम न्यूनीकरण सम्बन्धी कार्यविधि, २०७८ स्वीकृति गरी लागू।
  • प्रदेश सार्वजनिक खर्चको मापदण्ड,२०७८ स्वीकृति गरी लागू। 
  • विभूषण सिफारिस तथा सम्मानर पदक सम्बन्धी एन जारी गरी सार्वजनिक प्रशासन र सामाजिक सेवाका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्व एवं अभियन्ताहरुलाई सम्मानएवम् पुरस्कृत गर्ने कार्य सुरु ।
  • प्रदेश आयोजनाको बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड स्वीकृति गरी हचुवाको भरमा बहुवर्षिय योजना तर्जुमा गर्ने पद्धतिको अन्त्य ।
  • प्रदेश सूचनाको हक सम्बन्धी ऐन, २०७६ मा व्यवस्था भएको सुचनाको हक पुनरावलोकन समिति गठन गरी कार्य आरम्भ।
  • विज्ञापन बोर्ड गठन ।
  • मालपोत र नापी कार्यालयलाई सेवाग्राही मैत्री रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार विकास एवं सञ्चालनका लागि बजेट व्यवस्था । 

अन्य

  • वडा समाजवादी कार्यक्रममार्फत प्रत्येक स्थानीय तहको एउटा वडामा न्यूनत्तम १ करोड बजेट कार्यान्वयन गर्ने गरी सन्तुलित विकासको मोडल लागू गरिएको ।
  • धादिङ चितवन र मकवानपुरलाई समावेश गरी चेपाङ्ग विशेष संरक्षित क्षेत्र घोषणा ।
  • चेपाङ्ग जातिको महत्वपूर्ण न्वागी पर्वलाई सांस्कृतिक महत्व प्रदान गरी सार्वजनिक विदा घोषणा ।
  • माझी जातिहरुको लदी पर्वलाई प्रादेशिक पर्वको रुपमा मान्यता दिई सार्वजनिक बिदा घोषणा ।
  • बागमती प्रदेश भित्र रहेका तामाङ्ग र नेवार जातिहरुको भाषा तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषाको मान्यता प्रदान ।
नीति निर्माण अनुभव

मेरो सपनाको धादिङ

आजभन्दा तीन दशक अघि फर्किएर हेर्नुभयो भने अहिलेको जस्तो धादिङ थिएन । जिल्लामा जम्मै एउटा सडक थियो। देशभक्त नागरिक हुनुका नाताले मेरो मनमा चसक्क घोच्थ्यो र मैले त्यसैबेला समृद्ध जिल्ला निर्माणको सपना देखेको थिएँ। त्यसबेला अहिलेजस्तो विचार अभिव्यक्तिको स्वतन्त्रता थिएन। शिक्षा र स्वास्थ्य सबैको पहुँचमा थिएन। परम्परागत रोजगारीभन्दा नयाँ रोजगारी सिर्जना ठप्प थियो। त्यसैबेला जनपक्षीय उम्मेदवारका रूपमा जिल्ला पञ्चायतको सभापति बनेपछि मैले दीर्घकालीन परियोजनाहरू अघि सारेँ। जर्मन सहयोगमार्फत् भीमढुङ्गा लामिडाँडा–गल्छी सडक सुरू गरेँ। योबाहेक आज जति पनि सडक र भौतिक पूर्वाधार बनेका छन्, तिनीहरूको जग मैले नै बसाएको हुँ। बहुदलीय प्रजातन्त्रको स्थापनापश्चात् धादिङको जनप्रतिनिधिका रुपमा जिल्लामा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, कृषिजस्ता कयौं क्षेत्रमा आशा लाग्दा निर्माण, प्रगति र सुधारका कार्य थालनी भएका छन्। तिनीहरू पर्याप्त छैनन्, तर सन्तोषजनक मान्न सकिने अवस्था छ। स्वतन्त्रता, सुशासन, समानता र सामाजिक न्याय मेरो जीवनका संकल्प हुन्। निर्वाचन क्षेत्र र जिल्ला हुँदै देशभर नै शिक्षा, स्वास्थ्य, रोजगारीको सिर्जना गर्दै समृद्धिको नयाँ बिहानी ल्याउने मेरो संकल्प छ।
नीति निर्माण अनुभव

मेरो सपनाको धादिङ

आजभन्दा तीन दशक अघि फर्किएर हेर्नुभयो भने अहिलेको जस्तो धादिङ थिएन । जिल्लामा जम्मै एउटा सडक थियो। देशभक्त नागरिक हुनुका नाताले मेरो मनमा चसक्क घोच्थ्यो र मैले त्यसैबेला समृद्ध जिल्ला निर्माणको सपना देखेको थिएँ। त्यसबेला अहिलेजस्तो विचार अभिव्यक्तिको स्वतन्त्रता थिएन। शिक्षा र स्वास्थ्य सबैको पहुँचमा थिएन। परम्परागत रोजगारीभन्दा नयाँ रोजगारी सिर्जना ठप्प थियो। त्यसैबेला जनपक्षीय उम्मेदवारका रूपमा जिल्ला पञ्चायतको सभापति बनेपछि मैले दीर्घकालीन परियोजनाहरू अघि सारेँ। जर्मन सहयोगमार्फत् भीमढुङ्गा लामिडाँडा–गल्छी सडक सुरू गरेँ। योबाहेक आज जति पनि सडक र भौतिक पूर्वाधार बनेका छन्, तिनीहरूको जग मैले नै बसाएको हुँ। बहुदलीय प्रजातन्त्रको स्थापनापश्चात् धादिङको जनप्रतिनिधिका रुपमा जिल्लामा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, कृषिजस्ता कयौं क्षेत्रमा आशा लाग्दा निर्माण, प्रगति र सुधारका कार्य थालनी भएका छन्। तिनीहरू पर्याप्त छैनन्, तर सन्तोषजनक मान्न सकिने अवस्था छ। स्वतन्त्रता, सुशासन, समानता र सामाजिक न्याय मेरो जीवनका संकल्प हुन्। निर्वाचन क्षेत्र र जिल्ला हुँदै देशभर नै शिक्षा, स्वास्थ्य, रोजगारीको सिर्जना गर्दै समृद्धिको नयाँ बिहानी ल्याउने मेरो संकल्प छ।
क्षेत्रीय विकास योगदान

दोलखाको समग्र विकासमा निरन्तर पहल

दोलखा जिल्लाको भौतिक, सामाजिक र आर्थिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा पहल:
  • सडक तथा पूर्वाधार विकास
  • शिक्षा तथा स्वास्थ्य संस्थाको स्तरोन्नति
  • पर्यटन प्रवर्द्धन तथा स्थानीय रोजगारी सिर्जना
  • विपद् व्यवस्थापन तथा पुनर्निर्माण कार्यमा सक्रिय समन्वय

स्थानीय आवश्यकतालाई राष्ट्रिय योजनासँग जोड्दै समावेशी विकासको आधार तयार गर्ने प्रयास निरन्तर जारी छ।